बुधबार सेयर बजारमा १५.५९ अंकको गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १८

काठमाण्डौँ । सेयर बजार परिसूचक घटेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १५.५९ अंकले घटेर २७२६.३७ अंकमा सीमित भएको हो । बजारमा आज ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

बजारमा कारोबार भएकामध्ये कुल ३९ कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज कुल १ करोड १३ लाख ४५ हजार सेयर किनबेच भएका छन्।

बजारमा आज हिमस्टार हाइड्रोमा ९.९९५ को वृद्धि सहित ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यसैगरी, यूनियन हाइड्रोको मूल्य ७.०३ प्रतिशतले बढेर ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आजको बजारमा लिबर्टी इनर्जीले सबैभन्दा धेरै ६.९९५ को गिरावट सहित २१८.७३ रुपैयाँमा कारोबार बन्द गरेको छ । छ्याङ्दी हाइड्रोपावर ६.४५ प्रतिशत गिरावट बेहोरेका छन् ।

आजको बजारमा युनियन हाइड्रोपावरले सर्वाधिक ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *