×

नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब

फाल्गुन २०, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले घटेको छ । साताको तेस्रो दिन परिसूचक ३०।३६ अंकले घटेर २८४६.३० अंकमा झरेको हो ।

बजारमा आज १२ अर्ब ९४ करोड बराबरको कारोबार भयो । घट्दो बजारमा आज १९८ कम्पनीको मूल्य घटेको छ । ४१ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा आज सबै उपसमूहका सूचक घट्दा सबैभन्दा धेरै गिरावट फाइनान्स र उत्पादनमूलक समूहमा रहेको छ । ती समूहको सूचक २ प्रतिशत बढीले घटेका छन् ।

बजारमा आज पनि गार्डियन माइक्रो लाइफको सेयर १० प्रतिशतले बढ्यो । सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा आज पनि हिमालयन रिइन्योरेन्स अगाडि रह्यो । उक्त कम्पनी एक्लैको अर्ब बढीको कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: