राष्ट्रिय एकतामै संविधानको सुरक्षा : ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र राष्ट्रिय एकता बलियो बनाउन संविधान पक्षधर सबै शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना दिँदै ओलीले लोकतान्त्रिक, वामपन्थी तथा देशभक्तिपूर्ण आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन्। संविधान जारी भएपछि मुलुकले नाकाबन्दीजस्ता कठिन परिस्थिति सामना गरेको स्मरण गर्दै उनले त्यस्ता चुनौतीले राष्ट्रिय एकता र संविधान संरक्षणको महत्व थप उजागर गरेको बताए।

ओलीले संविधान कार्यान्वयनका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक कानुन निर्माण र संरचनागत काम अघि बढाएको दाबीसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *