बाँदरबाट जोगिन तरुल खेतीतर्फ भोजपुरका किसान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३

भोजपुर । बाँदरले मकै, कोदो र आलुलगायत बाली नष्ट गर्न थालेपछि भोजपुरका किसानले घरतरुल खेतीलाई वैकल्पिक आम्दानीको माध्यम बनाउन थालेका छन्।

जमिनमुनि फल्ने भएकाले बाँदरबाट सुरक्षित रहने र कम सिँचाइ तथा मेहनतमै उत्पादन लिन सकिने भएपछि किसानको आकर्षण बढेको हो। एउटै बोटबाट १५ देखि २० किलोसम्म उत्पादन हुने र स्थानीय बजारमा प्रतिकिलो ८० देखि १२० रुपैयाँसम्म बिक्री हुने किसानहरू बताउँछन्।

भोजपुरमा उत्पादित तरुल स्थानीय बजारसँगै धरान, इटहरी र विराटनगरसम्म पुग्ने गरेको छ। माघे सङ्क्रान्तिका बेला यसको माग अझ बढ्ने भएकाले किसानले राम्रो आम्दानी गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *