|
२०८३ आश्विन ३
काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम पालना नगर्ने १ हजार २१३ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले विभिन्न स्थानमा गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ११८ जनालाई नियन्त्रणमा लिएको छ। यस्तै, सिसिटिभीबाट पहिचान भएका ७३ र रातोबत्ती उल्लङ्घन गर्ने ८२ चालकलाई कारबाही गरिएको छ।
तीव्र गतिमा सवारी चलाउने १५४, लेन मिच्ने ६४, निषेधित क्षेत्रमा हर्न बजाउने ४० र एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने १५ चालक पनि कारबाहीमा परेका छन्। बाँकी चालकलाई अन्य ट्राफिक नियम उल्लङ्घनका कारण कारबाही गरिएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्