×

७.६६ अंकले घट्यो नेप्से

चैत्र ४, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । सेयर बजार परिसूचक (नेप्से) आज ७.६६ अंकले घटेको छ । यस साताको तेस्रो कारोबार हुँदा मंगलबार नेप्से ७.६६ अंकले घट्दा २६९७.४ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा मंगलबार ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ४० करोड बराबरको सेयर कारोबार भएको थियो ।

आज १५२ कम्पनीको सेयर घटेको छ भने ८६ कम्पनीको सेयर बढेको छ र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: