आजको मौसम : धेरै ठाउँमा बदली, केही प्रदेशमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३

काठमाडौँ । शनिबार देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ।

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभर सामान्यतया बादल लागेको अवस्था छ। अहिले कोशी, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। पहाडी भूभागका केही स्थानमा समेत चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

राति भने हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल रहनेछ भने तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *