|
२०८२ मंसिर ६
काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोज्दै काठमाण्डूलाई ब्याटिङको निम्तो दिएका छन् ।
प्रतियोगितामा काठमाण्डूको यो तेस्रो र विराटनगरको दोस्रो खेल हो ।
काठमाण्डूले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।
विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्