|
२०८३ आश्विन २८
कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) सागरराज थारूको शव भत्किएको झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा फेला परेको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार शव रहेको स्थान पहिचान भए पनि नदीको बहाव तीव्र हुँदा निकाल्न कठिनाइ भइरहेको छ। शव निकाल्न गोताखोर टोली र नेपाली सेना परिचालन गरिएको छ।
दोधाराचाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएपछि चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा डुङ्गा अनियन्त्रित हुँदा थारू महाकालीमा बेपत्ता भएका थिए।
बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुरका थारू घटनाभन्दा एक दिनअघि मात्रै दोधाराचाँदनीस्थित देवस्थान सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्