उपत्यकामा ट्राफिक नियम मिच्ने ६५८ सवारी कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि प्रहरीले कारबाही अभियानलाई निरन्तरता दिएको छ। पछिल्लो २४ घण्टामा मात्रै ६५८ सवारीसाधन कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २८ गते बिहान ६ बजेसम्मको अवधिमा नियमविपरीत सवारी चलाउने चालक तथा सवारीसाधनमाथि कारबाही गरिएको हो।

कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४७ र तीव्र गतिमा गुडाउने ६६ सवारीसाधन परेका छन्। सीसीटीभी निगरानीबाट पहिचान भएका २३ सवारीसाधनलाई पनि कारबाही गरिएको छ।

त्यस्तै, ट्राफिक बत्तीको संकेत नमान्ने २३, प्राविधिक अवस्था ठीक नभएका ३१, लेन अनुशासन तोड्ने नौ र अनावश्यक हर्न बजाउने आठ सवारीसाधन कारबाहीमा परेका छन्। एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने दुई सवारीसाधन पनि कारबाहीमा परेका छन्।

प्रहरीका अनुसार अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनका घटनामा ४४९ सवारीसाधनमाथि कारबाही गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *