विमानस्थल क्षेत्रमा ड्रोन र चंगा उडाउन रोक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

काठमाडौं । हवाई उडानमा जोखिम बढ्न सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन नउडाउन सर्वसाधारणलाई सचेत गराएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै विमानस्थल आसपास यस्ता गतिविधि नगर्न र नगराउन आग्रह गरेको हो।

कार्यालयका अनुसार विमान उड्ने तथा अवतरण गर्ने क्षेत्रमा चंगा उडाउने, ड्रोन सञ्चालन गर्ने वा बेलुन उडाउनेजस्ता गतिविधिले उडान सुरक्षामा गम्भीर असर पार्न सक्छन्।सूचनाको उल्लङ्घन गर्दै निषेधित गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ।

हवाई आवागमनलाई सुरक्षित बनाउन र सम्भावित दुर्घटनाको जोखिम घटाउन सम्बन्धित सबै पक्षलाई नियमको पालना गर्नसमेत कार्यालयले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *