एनपीएल क्रिकेट तेस्रो दिन आज काठमान्डु र सुदूरपश्चिम खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ३

काठमाण्डौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।

काठमान्डुले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी शुरूआत गरेको छ । सुदूरपश्चिमले आज पहिलो खेल खेल्न लागेको हो । यसअघि हिजो दुई खेल भएकोमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले र विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विजयी शुरूआत गरेको छ ।

एनपीएल क्रिकेटमा विराटनगरले अहिलेसम्मकै सर्वाधिक २२० रन बनायो । एनपीएलमा विराटनगर, जनकपुर, काठमान्डु, चितवन, कर्णाली, सुदूरपश्चिम, पोखरा र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *