कर्णालीसँगको खेलमा चितवन टस जितेर बलिङ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाण्डौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँगको खेलमा चितवन राइनोजले टस जितेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले बलिङ रोजेका छन् । एनपीएलमा यसअघि यी दुई टोलीबीच अघिल्लो संस्करणमा दुई पटक भेट भएकोमा दुइटै खेलमा कर्णाली विजयी भएको छ ।

आजै दोस्रो खेलमा दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स खेल्दैछन् । एनपीएलमा यसअघि यी दुई टोलीबीच पहिलो संस्करणमा एक पटक भेट भएकोमा पोखरा सुपर ओभरमा विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *