विराटनगरसँगको खेलमा पोखरा टस जितेर बलिङ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाण्डौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्ससँगको खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले बलिङ रोजेका छन् । एनपीएलमा यसअघि यी दुई टोलीबीच पहिलो संस्करणमा एक पटक भेट भएकोमा पोखरा सुपर ओभरमा विजयी भएको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सलाई हराउँदै चितवन राइनोजले विजयी शुरुआत गरेको छ ।

एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *