|
२०८२ मंसिर ४
काठमाण्डौँ । नेपाल प्रिमियर लिग एनपिएलमा आज लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध बलिङ गर्ने भएको छ ।
टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको हो। खेल अपरान्ह ४ बजे सुरु हुँदैछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ ।
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन लय कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । गत संस्करण लुम्बिनी लायन्सका लागि बिसर्नलायक बन्यो । राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित पौडेलको कप्तानीमा खेलेको लुम्बिनीले ७ मध्ये १ खेलमात्र जित्दै तालिकाको पुछारमा रहेर बाहिरिएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्