|
२०८३ आश्विन २८
काभ्रे । दसैँका बेला सडकमा सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिम हुन सक्ने भन्दै काभ्रेपलाञ्चोकमा १० दिन टिपर सञ्चालन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालयले असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभर टिपर चलाउन रोक लगाएको हो। जिल्ला सुरक्षा समितिको बैठकले फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालन नगर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए।
दसैँ अवधिमा बीपी र अरनिको राजमार्गसहित जिल्लाका प्रमुख सडकमा यात्रुको आवागमन बढ्ने भएकाले सुरक्षित यात्रा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
तोकिएको अवधिमा निर्णय कार्यान्वयन गर्न र टिपर सञ्चालन नगर्न सम्बन्धित सबैलाई प्रशासनले आग्रह गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्