सीसी क्यामेराको घेरामा भरतपुर, ६२२ क्यामेराबाट निगरानी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

चितवन । सडक दुर्घटना, ट्राफिक नियम उल्लङ्घन र आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाका मुख्य सडक तथा बजार क्षेत्रमा सीसी क्यामेराको निगरानी विस्तार गरिएको छ।

महानगरपालिका र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा ४१८ नयाँ क्यामेरा जडान गरिएका छन्। यसअघि जडान भएका २०४ क्यामेरासमेत समेट्दा कुल सङ्ख्या ६२२ पुग्नेछ।

प्रहरी कार्यालयमा एकीकृत कन्ट्रोल रुम स्थापना गरी निगरानी सुरु गरिएको छ। राजमार्गका विभिन्न स्थानमा गति मापन र सवारी नम्बर प्लेट पहिचान गर्ने प्रविधिसमेत जडान गरिएको छ।

क्यामेरा जडानका लागि महानगरपालिकाले पाँच करोड ५८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ। यसबाट दुर्घटनाको विवरण पहिचान गर्न र शान्तिसुरक्षा कायम गर्न सहज हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *