|
२०८२ मंसिर ६
काठमाडौँ । राजधानी काठमाडौँमा आज नेकपा एमालेले ठूलो जनप्रदर्शनसहित केन्द्रीयस्तरको आमसभा आयोजना गर्दैछ।
भदौ २३ र २४ को आन्दोलनपछि केही समय राजनीतिक गतिविधि सडकमा कम हुँदै जाँदा एमाले भने संगठनात्मक शक्ति प्रदर्शनका उद्देश्यले वडादेखि केन्द्रसम्मका कार्यक्रम निरन्तर विस्तार गर्दै आएको छ। त्यसैको पराकाष्ठा आजको काठमाडौँस्थित प्रदर्शन र सभालाई मानिएको छ।
कार्यक्रम बागमती प्रदेश कमिटीको संयोजनमा प्रदर्शनीमार्गबाट सुरु हुनेछ। विभिन्न जनसंगठन, पार्टी कमिटी तथा समन्वय समूहले निकालेका र्यालीहरू प्रदर्शनीमार्गमै भेला भई त्यसपछि रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डपमा पुग्नेछन्।
भृकुटीमण्डपमै हुने आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्