×

अफगानिस्तानबाट नेपालीलाई सुरक्षित स्वदेश फिर्ता गराउन एमालेको माग

भदौ १, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेकपा एमालेले अफगानिस्तामा फसेका नेपालीहरुको शिघ्र र सुरक्षित रुपमा उद्धार गरी स्वदेश ल्याउन सरकारसँग माग गरेको छ ।

आज बसेको एमाले स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले उद्दारमा जुट्न सरकारले ढिलासुस्ती गरिरहेको भन्दै बैठकले त्यसप्रति खेद व्यक्त गरेको बताए ।

‘सरकार अफगानिस्तानमा रहेका नेपालीको सुरक्षित र शीघ्र देश फिर्ती गर्ने कार्यमा किंकत्र्यविमुढ र उदासिन देखिएको छ’ ज्ञवालीले भने ।

सार्कको अध्यक्ष राष्ट्र हुनुको नाताले नेपालले सम्बद्ध सबै पक्षलाई संयम राख्न आग्रह गर्नुपर्ने समेत एमालेले माग गरेको छ । ‘नेकपा एमाले सरकारको यस्तो निस्प्रभावी र उदासिन कार्यप्रति खेद प्रकट गर्छ’ ज्ञवालीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: