|
२०८२ कार्तिक २५
काठमाडौ । नेकपा (एमाले) ले आज देशभरका ७५३ वटै पालिकामा जनप्रदर्शन गरेको छ।
संविधानको रक्षा र प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित बिहान ७ बजेदेखि सुरू भएको प्रदर्शन साँझ ५ बजेसम्म चल्ने बताइएको छ।
यसअघि एमालेले कात्तिक २२ गते वडा तहमा प्रदर्शन गरेको थियो भने अब कात्तिक २९ गते जिल्ला तहमा प्रदर्शन गर्ने तयारी गरेको छ।
पार्टीले मंसिर ६ गते काठमाडौंमा व्यापक जनप्रदर्शन र मंसिर २७ गते ११ औं महाधिवेशन उद्घाटनका साथ ठूलो जनसभा गर्ने योजना बनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्