देशभर एमालेको जनप्रदर्शन, शीर्ष नेताहरूले विभिन्न स्थानमा सम्बोधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २९

काठमाडौं : आज देशका सबै जिल्लामा नेकपा (एमाले)ले जनप्रदर्शन गर्दैछ। सदरमुकाम तथा प्रमुख सहरहरूमा आयोजना हुने जनसभालाई पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महासचिव शंकर पोखरेल नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङमा उपस्थित हुँदैछन्। सचिव छविलाल विश्वकर्मा रुपन्देही र पद्मा अर्याल बिर्तामोडमा सम्बोधन गर्नेछन्।


एमालेले प्रदर्शनमा संसद् पुनःस्थापना, जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, तथा तोडफोड–लुटपाटमा संलग्नलाई कारबाही गर्ने तीन प्रमुख मुद्दा उठाएको छ। जनपरिचालनको निरन्तरतामा मंसिर ६ गते काठमाडौंमा ठूलो जनसभा गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *