
काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १ हजार २ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया