एमाले सचिवालय बैठक लम्बिँदा केन्द्रीय कमिटी बैठक प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक लम्बिएपछि केन्द्रीय कमिटी बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।

बिहान १० बजेपछि पार्टी कार्यालयमा सुरु भएको सचिवालय बैठक अझै जारी रहेकाले केन्द्रीय कमिटी बैठक बस्न ढिलाइ भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा मनोनीत केन्द्रीय सदस्य, स्थायी कमिटी र पोलिटब्युरो गठनबारे निर्णय गर्ने तयारी छ।

सचिवालय बैठकले यी विषयमा सहमति जुटाएपछि केन्द्रीय कमिटी बैठकमार्फत घोषणा गर्ने एमालेको तयारी छ।

दिउँसो साढे १२ बजेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक साढे १ बजेसम्म पनि सुरु हुन सकेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *