विमानस्थलबाट ५३६ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

कतारको दोहाबाट काठमाडौं आएका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी कतारबाटै आएका बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी पनि सुनसहित पक्राउ परेका छन्। उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनालाई बरामद सुनसहित आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *