बढ्यो सुनचाँदीको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २१

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १८ सय ७० रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *