
काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १८ सय ७० रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया