|
२०८१ असार ६
काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ५ रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १८ सय ४० रूपैयाँ कायम भएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्