काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ५२ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १८ सय २० रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया