रौतहटमा मोटरसाइकल दुर्घटना, उपचारका क्रममा वृद्धाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक २

रौतहट । रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार बिहान करिब १ बजे मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ७० वर्षीया सोमरिया देवी ठाकुर, उनका छोरा ५३ वर्षीय त्रिविक्रम ठाकुर र बुहारी २८ वर्षीया सीमा कुमारी ठाकुर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बाराको कलैयास्थित अस्पताल लगिएकोमा सोमरिया देवीको बिहान ५ बजे मृत्यु भएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *