काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १८ सय रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया