|
२०८३ कार्तिक २
काभ्रेपलाञ्चोक । दसैँ र तिहारसँग जोडिएको माझी समुदायको मौलिक ‘पितरा पर्व’ आफ्नै धार्मिक विधि र परम्पराअनुसार मनाइन्छ। परिवारमा वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा मनाइने यो पर्व तीन दिनसम्म चल्ने गर्छ।
मण्डनदेउपुर नगरपालिका–१० आँपचौरमा माझी समुदायले सामूहिक रूपमा पर्व मनाउँदै आएका छन्। यस क्रममा मृतकको सम्झनामा घरका भित्तामा हात्ती, घोडा, मोटर र हवाईजहाजलगायतका आकृति बनाउने, गीत गाउने र नाचगान गर्ने परम्परा छ।
स्थानीय जनविश्वासअनुसार पर्वको अन्तिम दिन नदीमा विधिपूर्वक पितरा सेलाएपछि मृतकको आत्माले शान्ति पाउने र परिवारमा दुःख–कष्ट नआउने विश्वास गरिन्छ।
माझी समुदायको पुस्तौँ पुरानो यो परम्परा अहिले पनि स्थानीय युवाको सक्रियतामा निरन्तरता पाइरहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्