|
२०८३ कार्तिक २
कञ्चनपुर । नेपाल–भारत सीमा नाकामा सुरक्षा जाँच थप कडा बनाउन कञ्चनपुरको गड्डाचौकीमा तालिमप्राप्त दुई कुकुर परिचालन गरिएको छ। सशस्त्र प्रहरीले ‘अल्फा’ र ‘डेल्टा’ नामका कुकुरसहित केनाइन शाखा स्थापना गरेर नियमित जाँच थालेको हो।
लेब्राडोर जातको ‘अल्फा’ले लागूपदार्थ र जर्मन सेफर्ड ‘डेल्टा’ले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछन्।
सशस्त्र प्रहरीका अनुसार पाँच जना दक्ष जनशक्तिसहित स्थापना गरिएको यो सुदूरपश्चिमकै पहिलो केनाइन शाखा हो। यसबाट सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षा निगरानी प्रभावकारी हुने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्