घट्यो सुनको मूल्य, कति पुग्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २८

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले घटेर १ लाख ५३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय २५ रुपैयाँ कायम भएकोमा आज ६५ रूपैयाँले घटेर १८ सय ६० रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *