काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले घटेर १ लाख ५३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय २५ रुपैयाँ कायम भएकोमा आज ६५ रूपैयाँले घटेर १८ सय ६० रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया