बाढीपहिरोको घाउ मेटिँदै, दसैँअघि खुले बागलुङका सडक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक २

बागलुङ । बाढीपहिरोले अवरुद्ध बनाएका बागलुङका मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन्। सडक खुलेसँगै दसैँ मनाउन गाउँ फर्किने यात्रुलाई राहत मिलेको छ।

असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडकसहित विभिन्न मार्गमा क्षति पुर्‍याएको थियो। अवरुद्ध खण्डमा मर्मत र डाइभर्सन निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको हो।

सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयका अनुसार जिल्लाका सडकमा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। तत्कालका लागि सडक सञ्चालनमा ल्याइए पनि क्षतिग्रस्त संरचनाको स्थायी पुनर्निर्माण भने बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *