टानका पूर्वअध्यक्ष जेवी सिंहको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २२

काठमाण्डौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ ।

सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लागेका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले राससलाई जानकारी दिए ।

स्व. सिंहले नेपालको पदयात्रा र पर्वतीय पर्यटनको विकास, प्रवद्र्धन र व्यवस्थापनमा अतुलनीय योगदान प्रदान गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *