गाउँपालिकामा पर्यटन बिकासका लागि टानसंग साझेदारी गर्ने पहिलो गाउँपालिका बन्यो माप्यदुधकोशी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ५

सोलुखुम्बु जिल्लाको माप्यदूधकोशी गाउँपालिकाले नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) संगको साझेदारीमा पालिकाभित्र पर्यटन बिकासका कामहरूलाई अगाडी बढाउने भएको छ।

बिश्वकै सर्बोच्च शिखर सगरमाथा र मेरापिकको प्रवेशद्वार भएर पनि पर्यटनका हिसाबले बत्ती मुनिको अँध्यारोको रूपमा रहेको सो गाउँपालिकाको पर्यटन बिकासमा साझेदारी गर्ने सम्बन्धि बिषयमा सम्झौता सम्पन्न भएको छ।

सो सम्झौतापत्रमा आइतबार गाउँपालिकाका तर्फबाट अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गर्नुभएको छ।यो हस्ताक्षरसंगै माप्यदुधकोशी ग्रामीण पर्यटन बिकासका लागि टानसंग साझेदारी गर्ने पहिलो गाउँपालिका बन्न पुगेको छ।साझेदारीपत्रमा ट्रेकिङ ट्रेलको खोज,अन्वेषण,बिकास र बिस्तारका लागि दुबै पक्षले महत्वपूर्ण भूमिका निर्बाह गर्ने उल्लेख छ।

यसअघि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई,वडा सदस्य दुर्गा राई,टानका पूर्ब प्रथम उपाध्यक्षसमेत रहेका चोलेन्द्र कार्की तथा टानका तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल नेतृत्वको टोलीले स्थानीय स्तरमा पर्यटन बिकासको सम्भावनाबारे अध्ययन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *