×

माप्यमा पर्यटन बिकासका सम्बन्धमा सरोकारवालाहरुसंग छलफल सुरु

माघ १०, २०७९ | दाक्सु मिडिया

माप्यदुधकोशी गाउँपालिकामा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सरोकारवालाहरुसंग छलफल सुरु गरेका छन्।

गाउँपालिका अध्यक्ष राई नेतृत्वको टोलि र नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोलाबीच मंगलबार छलफल भएको छ।।मंगलबार भएको भेटमा माप्यमा पर्यटन बिकासको राम्रो सम्भावना रहेको भन्दै दुबै पक्ष यसको योजनाबद्द बिकासमा जुट्नुपर्ने आवश्यकता औंल्याईएको छ।

मेरापिक क्षेत्र जोडिएको र खुम्बु प्रवेश मार्ग भएका कारण माप्यदुधकोशीमा पर्यटन बिकासको राम्रो सम्भावना भएका कारण कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा आफुहरुबीच लामो छलफल भएको बताउंदै अध्यक्ष राईले पर्यटनको बिकास नै माप्यको आर्थिक समृद्धिको आधार भएको गाउँपालिकाको ठम्याई रहेको बताए । माप्यमा धार्मिक तथा सांस्कृतिक ,रक क्लाईम्बिङ र हनि हन्टिङ पर्यटनको पनि उत्तिकै सम्भावना रहेका कारण पर्यटकीय हिसाबले पछि परेको माप्यदुधकोशीमा यसको प्रबर्द्धन गर्न योजना बनाएर अघि बढ्ने कुरा टान अध्यक्ष बास्तोलासंग भएको अध्यक्ष राईले बताए ।

छलफलमा अध्यक्ष राईसंगै टानका पूर्ब वरिष्ठ उपाध्यक्ष चोलेन्द्र कार्की,पर्यटन ब्यबसायीद्वय निरु राई र अमृत राई लगायत सहभागी थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: