माप्यदुधकोशी गाउँपालिकालाई पर्यटन प्रबर्द्धनसँग जोडियो: अध्यक्ष खालिङ

DaksuMedia दाक्सु मिडिया
|
२०८० मंसिर २९

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण खालिङ राईले माप्यदुधकोशी गाउँपालिकालाई पर्यटन प्रबर्द्धनसँग जोडिएको बताएका छन् । एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष राईले सँस्कृति र प्राकृतिक सौन्दर्य मात्रै होईन जंगली जनावरहरुको पनि अवलोकन गर्न सकिने बताएका छन् ।

‘साँस्कृतिक सँगै पर्यटकीय क्षेत्रहरुलाई जोड्नको लागि अब माप्यदुधकोशीबासी औपचारिक रुपमा सफल भएको छ ।’ अध्यक्ष खालिङले भने, ‘विश्वको शिखर सगरमाथालाई लो अल्टिच्युडबाट हेर्नको लागि एकदमै उत्तम ठाउँ माप्यदुधकोशी हो ।’ माप्यदुधकोशीमा रक क्लाइमिङ, साईकीलिङ, कल्चरल टुरिजमको विकास गर्ने पनि अध्यक्ष राईले बताए ।

आगामी आर्थिक वर्षदेखि एभरेष्ट दुधकोशी कल्चरल ट्रेललाई के कसरी लैजान सकिन्छ आम स्थानीयबासीको धारणालाई समेटिने छ । कार्यक्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, २८ पटक सगरमाथा चढेर विश्व कीर्तीमान कायम गरेका आरोही कामीरिता शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरी बास्तोला लगायत पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सोलु दुधकुण्ड नगरपालिका र माप्यदुधकोशी गाउँपालिकाको सीमाना सेलगुढी डाँडाँमा सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *