
काठमाडौँ। अहिले नेपालको सेयर बजार मात्र नभएर एशियाको सेयर बजार नै ध्वस्त भएको छ। रुस र युक्रेनबीच तनाव बढ्दै जाँदा एशियाको सेयर बजार ध्वस्त भएको हो । यसले मन्दीबाट माथि उक्लिन लागेको अर्थतन्त्रलाई एकचोटी फेरि झट्का लागेको छ।
जापानको निक्केई २२५ सूचकांकमा २ प्रतिशतले घटेको छ। त्यस्तै, दक्षिण कोरियाको कोस्पीमा पनि बजार खुल्ने बित्तिकै १.४ प्रतिशतले गिरावट आएको छ । पूर्वी युरोपमा बढ्दो तनावका कारणले गर्दा तेलको भाउ बढ्दै जाने र आपूर्ति शृङ्खलामा पनि नराम्रो असर पर्ने देखिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका छन्। स्वघोषित पीपल्स रिपब्लिक डोनेट्स्क र लुहान्स्क रुसी समर्थित विद्रोहीहरूको घर हो। सन् २०१४ देखि युक्रेनी सेनासँग लडिरहेका छन्।
विश्व अर्थतन्त्र भर्खरै कोरोना भाइरसको प्रकोपबाट उठ्न सुरु भएको बेला नयाँ संकट खडा भएको छ । नयाँ संकट उत्पन्न भएसँगै सेयर बजारमा लगानीकर्ताहरु प्रवेश गर्न त्रसित छन् ।
अमेरिकाका ठूला ५०० कम्पनीको शेयर बजार एस एण्ड पी-५०० मा १.५ प्रतिशत गिरावट आएको छ । अमेरिकाकै डाउ जोंस १.३ प्रतिशतले, नैसडेक़-१०० ई-मिनी फ्यूचर्समा २.२ प्रतिशतको गिरावट आएको छ । युरोपमा पनि यस्तै छ । जर्मनीको ड्याक्स इन्डेक्स र फ्रान्सको सीएके-४० दुई प्रतिशतले घटेर बन्द भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया