नेप्सेमा लाग्यो नकारात्मक सर्किट ब्रेक, बजार ४० मिनेटका लागि बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २०

काठमाडों ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ । बजार खुलेको दुई घन्टा बित्न ५ सेकेन्ड बाँकी हुँदा नेप्से ५.०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको हो । 

सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।

बजार बन्द हुने अवधिसम्म २१५ कम्पनीको कारोबारमा सात अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको एक करोड ४८ लाख ३१ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ। जसमध्ये पाँच कम्पनीको मात्र सेयरमूल्य बढेको छ। बजारमा पहिराे गएसँगै सेयर काराेबारी अत्तालिएका छन् । नेपाल राष्ट्र बैंकको नयाँ नीतिका कारण सेयर बजार ओरालो लागेको सेयर विश्लेषकहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *