|
२०८३ आश्विन १०
काभ्रेपलाञ्चोकमा रोशी खोलाको बाढीले क्षति पुर्याएको बीपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ।
अविरल वर्षापछि आएको बाढीले नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ घुमाउने तथा रोशी–११ र १२ का विभिन्न स्थानमा डाइभर्सन बगाएको थियो। त्यसपछि राजमार्गको उक्त खण्डमा यातायात अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार यातायात सञ्चालन सहज बनाउन डाइभर्सन पुनर्निर्माणसँगै सडकमा खसेका पहिरो हटाउने काम पनि भइरहेको छ। चारसयवेशी, गिम्दीवेशी र माम्ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको कार्यालयले जनाएको छ।
बाढी र पहिरोका कारण नमोबुद्धको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्