नारायणीको पानी बस्ती पसेपछि सुस्ताबाट २९ जनाको उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १०

नवलपरासी । नारायणी नदीको बहाव बढेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोल जलमग्न भएको छ। नदीको पानी घरभित्र पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

डुबानमा परेका २९ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी होल्डिङ सेन्टरमा पुर्‍याएको हो। उद्धार टोलीले बाढी प्रभावित क्षेत्रबाट एउटा गाई र १३ वटा बाख्रासमेत सुरक्षित स्थानमा सारेको जनाएको छ।

असोज ९ गतेदेखि परेको वर्षापछि नारायणीको जलस्तर बढ्दै गएपछि बस्तीमा पानी पस्न थालेको थियो। अवस्था बिग्रिएपछि सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको नेतृत्वमा २१ जनाको टोली उद्धारमा खटिएको थियो।

बाढी प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले सशस्त्र प्रहरीले उद्धार तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *