बलुचिस्तानमा सुरक्षा कारबाही तीव्र, क्वेटा र नुस्कीमा भिडन्त

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १०

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानमा सुरक्षा बलले सशस्त्र समूहविरुद्ध कारबाही तीव्र पारेको छ। पछिल्लो दुई दिन क्वेटा र नुस्कीमा भएका छुट्टाछुट्टै अभियानमा १६ जना मारिएको पाकिस्तानी सेनाले जनाएको छ।

क्वेटाको शाबान क्षेत्रमा गरिएको कारबाहीमा पाँच जना मारिएका थिए। सुरक्षा बलले त्यहाँ रहेका आश्रयस्थलमा कारबाही गर्दा हतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थसमेत बरामद गरेको दाबी गरेको छ।

नुस्की जिल्लामा भने गोप्य सूचनाका आधारमा अर्को अभियान सञ्चालन गरिएको थियो। त्यसक्रममा सुरक्षा बल र सशस्त्र समूहबीच भएको भिडन्तमा ११ जना मारिएको सेनाको भनाइ छ।

पाकिस्तानी सेनाका अनुसार सेप्टेम्बर २१ यता बलुचिस्तानमा भएका यस्ता कारबाहीमा मारिनेको संख्या ३३ पुगेको छ। सेनाले अभियानलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *