हिमालदेखि समुद्रसम्म जलवायु संकट, साझा पहल आवश्यक : खनाल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १०

काठमाडौँ । जलवायु परिवर्तनको असर अब वातावरणमा मात्र सीमित नरहेको भन्दै परराष्ट्रमन्त्री शिशिर खनालले विकासका उपलब्धि जोगाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्चको बैठकमा बोल्दै उनले हिमाली तथा साना टापु राष्ट्रले जलवायु संकटको गम्भीर प्रभाव भोगिरहेको बताए।

नेपालमा पछिल्लो बाढीले सडक, जलविद्युत्, विद्यालय, अस्पताल तथा नागरिकको जीविकोपार्जनमा पुर्‍याएको क्षतिलाई उदाहरण दिँदै खनालले जलवायुजन्य विपद्का कारण विकासशील मुलुकको प्रगति नै जोखिममा परेको उल्लेख गरे।

उनले जोखिममा रहेका देशका लागि पूर्वसूचना प्रणाली, जलवायु उत्थानशील पूर्वाधार र वित्तीय सहयोग विस्तार गर्नुपर्ने बताए। हानि तथा क्षति कोषमा अनुदानमा आधारित थप स्रोत सुनिश्चित गर्न पनि उनले आग्रह गरे।

नेपालले स्वच्छ ऊर्जा र हरित विकासलाई प्राथमिकता दिँदै सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *