|
२०८३ आश्विन १०
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहेकाले किसानलाई तत्काल धान नकाट्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
विभागका मौसमविद् रोजन लामिछानेले विशेषगरी पश्चिमी क्षेत्रमा अझै वर्षाको सम्भावना रहेकाले मौसममा सुधार आएपछि मात्र धान काट्न सुझाव दिएका छन्। हतारमा धान काट्दा बालीमा थप क्षति हुन सक्ने उनको भनाइ छ।
लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिमसमेत बढेको विभागले जनाएको छ। नदी तथा खोला किनारमा बस्ने नागरिकलाई जलसतह बढ्न सक्ने भएकाले सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ।
मौसमसम्बन्धी पछिल्लो सूचना नियमित लिन तथा आवश्यक जानकारीका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्