२०८१ सालको अन्तिम दिन सेयर बजार घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र ३१

काठमाण्डौँ । वर्ष २०८१ को अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका आइतबार नेप्से ८.८४ अंकले घटेको हो ।

बजार खुलेसँगै घटबढ देखिएको परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा पुगेर बन्द भएको हो ।

यस दिन ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । जुन कारोबारमा १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको हो ।

होटल्स एण्ड टुरिजम, इन्भेस्टमेन्ट, म्युचुअल र ननलाइफ इन्स्योरेन्सबाहेक सबै उपसूचकमा गिरावट आएको छ ।

यस्तै समग्रमा बजार घटेपनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो भने विन नेपाल लघुवित्तमा नेगेटिभ सर्किट लाग्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *