काठमाडौँ । देशका विभिन्न भूभागमा पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ। वर्षाका कारण केही नदी तथा खोलामा पानीको सतह बढेर सतर्कता तहसमेत पार गरेको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार कास्कीको पञ्चासेमा १८९ मिलिमिटर वर्षा मापन भएको छ। पाल्पाको अर्चलेमा १७२, गुल्मीको भार्सेमा १७०.८, म्याग्दीको कुहुनमा १६५.२ र दर्वाङमा १६१ मिलिमिटर वर्षा भएको छ।
वर्षाका कारण बाँकेको किरन नाला र म्याग्दीको मङ्गलघाटमा नदीको सतह सतर्कता तहभन्दा माथि पुगेको छ। अन्य केही नदीमा पनि पानीको बहाव बढ्दो क्रममा रहेको जनाइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकांश स्थानमा बादल लागेको छ भने विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले यातायात, कृषि तथा उद्धार कार्यमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्