|
२०८२ भाद्र ११
काठमाण्डौँ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक करिब ५३ अङ्कले बढ्यो । यो दिन २४९ वटा कम्पनीको सेयर कारोबार हुँदा २३२ कम्पनीको मूल्य बढ्यो ।
बजारमा उत्साहजनक वृद्धिका बाबजुद आज १९ वटा कम्पनीको मूल्य घटेको छ । सबैभन्दा धेरै गिरावट नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा भयो ।उक्त कम्पनीको मूल्य ४.२९ प्रतिशतले घटेर ५३४.८० रुपैयाँमा झरेको छ ।
त्यस्तै सीआईसी नेपाल लघुवित्तको ३.०५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकले २.०७ प्रतिशत, पियोर इनर्जीको २.०२ प्रतिशतले मूल्य घटेको छ ।
त्यसबाहेक १ प्रतिशत भन्दा धेरै मूल्य घट्नेमा सिक्लेस हाइड्रोपावर र आत्मनिर्भर लघुवित्त रहेका छन् । बाँकी कम्पनीको मूल्य १ प्रतिशत भन्दा कमले घटेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्