|
कार्तिक २७, २०८३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा दिउँसो साढे १२ बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
अंक तालिकामा काठमाडौं दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा छन्। दुवै टोली समान चार जित निकाल्दै मैदान उत्रनेछन्।
आजै दिउँसो साढे ४ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सबीच दोस्रो खेल हुनेछ। तालिकाको पाँचौं स्थानमा रहेको चितवन जितको खोजीमा हुँदा छैटौं स्थानको जनकपुर पनि आफ्नो स्थिति सुधार्ने लक्ष्यमा हुनेछ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्