एनपीएलमा आज लुम्बिनी र काठमाडौं आमनेसामने

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २१, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । साविक विजेता लुम्बिनी अपराजित रहँदै ७ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ ।

यता काठमाडौं ४ अंकका साथ चौथो स्थानमा छ । लुम्बिनीले खेलेका ४ मध्ये ३ खेल जितेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो । काठमाडौंले भने ३ खेलमध्ये २ मा जित र एकमा हार बेहोरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *