|
कार्तिक २७, २०८३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारी अघि बढाएका छन् ।
मन्त्री पुनले केन्द्र स्थापना र सञ्चालनको योजनालाई प्रभावकारी बनाउन वैज्ञानिक, विज्ञ तथा अनुसन्धानकर्तासँग ठोस सुझाव मागेका हुन् ।
उनका अनुसार औद्योगिक तथा कृषि, इलेक्ट्रोनिक्स, स्वस्थकर खाद्य पदार्थ, ड्रोन, आयुर्वेद, जडीबुटी तथा बायोमेडिकल इन्जिनियरिङलगायत क्षेत्रमा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना छ ।
यस विषयमा सुझाव दिन इच्छुक नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्तालाई फोन वा ह्वाट्सएपमार्फत सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्